सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका तथा अलपत्र परेकाहरुलाई घर फर्कनका लागि शुक्रबार र शनिबार २ दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २ दिन उपत्यकाबाहिर जान दिने निर्णय गरेको हो । तर उपत्यकामा भने बाहिरबाट यात्रु भित्रन नदिइने जनाइएको छ ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि उपत्यकाबाहिरका मानिसहरु हिडेरै घर फर्कन थालेपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ । जसका लागि सरकारले तोकेका सार्वजनिक सवारी साधनमा मात्र जान पाइने र कसरी यात्रुलाई लैजाने बारे भने छलफल भैरहेको बताइएको छ ।