विदेशी नागरिकका लागि सबै प्रकारको भिसा सुविधा वैशाख ३ गतेसम्म बन्द

news-details

सरकारले विदेशी नागरिकका लागि प्रदान गर्दै आएको भिसा सुविधामा लगाएको रोक लम्ब्याएर वैशाख ३ गतेसम्म पुर्याएको छ । कोरोना संक्रमण फैलन सक्ने खतरा अझै कायम रहेको भन्दै अध्यागमन विभागले वैशाख ३ गतेसम्म विदेशी नागरिकका लागि दिइदै आएको सबै प्रकारको भिसा सुविधा बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

सरकारले विश्वव्यापी महामारीकारुपमा फैलिइरहेको कोरोना संक्रमण देशमा फैलन नदिन र यसको नियन्त्रणका लागि बैशाख ३ गतेसम्म लकडाउन र बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक लम्ब्याउने निर्णय गरेपछि गृह मन्त्रालयको निर्णय अनुसार विदेशीलाई दिइदै आएको भिसा सुविधामा लगाइएको रोक पनि बढाउने निर्णय लिएको विभागले जनाएको छ ।

यसअघि अध्यागमन विभागले चैत ९ देखि २१ गतेसम्म भिसा सम्वन्धी सम्पूर्ण सेवा बन्द गरेको थियो । विभागले चैत ८ गतेसम्म भिसा अवधि भएका विदेशी नागरिकहरुलाई भिसा अवधि जेजस्तो भए पनि सो अवधिसम्म धैर्यतापूर्वक बस्न आग्रह गरेको छ ।

यस अवधिमा स्वदेश फर्कन चाहनेहरुका लागि भिसा शुल्क, अविलम्व शुल्क वा जरिवाना शुल्क मिनाहा गरिएको र नेपालमा भिसा अवधि लम्ब्याउन चाहने विदेशीहरुले साविक भिसा शुल्कबाहेक अतिरिक्त कुनै पनि प्रकारका शुल्कहरु तिर्नुनपर्ने व्यवस्था गरिएको पनि विभागले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *