आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको समय लम्ब्याउने तयारी

news-details

सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई थप फैलन नदिन जारी लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउनको समय थप्नु उपयुक्त हुने सुझाव दिए अनुसार आज अपरान्ह बस्ने मन्त्री परिषद बैठकले यस विषयमा निर्णय गर्ने भएको हो ।

दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित भेटिएपछि अझै पनि कोरोना संक्रमण फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।

सरकारले यसअघि चैत ११ गतेदेखि चैत १६ गतेसम्म लकडाउनको घोषणा गरेकोमा फेरी समय थप गरेर चैत २५ गतेसम्म लकडाउन जारी राखेको थियो । आजको बैठकले थप १ साता लकडाउनको समय लम्ब्याउने संभावना रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *