लकडाउनमा थप कडाई : प्रदेश, जिल्ला र स्थानीय तहबीच आवतजावतमा रोक

news-details

सरकारले लकडाउनमा थप कडाई गर्दै एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा रोक लगाएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री डा युवराज खतिवडाले बताए । बैठक सभकएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय भएको समेत जानकारी दिएका छन ।

कोरोना भाइरस भित्रन नदिन तथा नियन्त्रणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकेको छ । तथापी लकडाउनको समयावधी थप गर्ने बारे आज कुनै निर्णय नभएपनि अर्को बैठकले समय थप गर्ने या के गर्ने निर्णय गर्ने खतिवडाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *