सुदूरपश्चिममा एकैपटक ३ जना कोरोना संक्रमित भेटिए, स्थानीयमा पहिलो पटक संक्रमण देखियो

news-details

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा एकैपटक ३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन । जसमध्ये २ जना भारतबाट आएका नेपाली हुन भने १ जना स्थानीय महिला हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफ्नो फेसबुक पेजबाट थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी सार्वजनिक गरेको हो । जसमध्ये पहिलो पटक कैलालीकी स्थानीय ३४ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चौथो संक्रमितका आफन्त हुन् र योसँगै पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको छ । उनीबाहेक अहिलेसम्म विदेशबाट आएका नेपालीमा मात्र कोरोना संक्रमण देखिएको थियो ।

यस्तै कोरोना संक्रमण पुष्टि भएका अन्य दुई नेपालीमा १ जना मुम्बईबाट फर्किएका २१ वर्षिया कैलालीका पुरुष रहेका छन भने अर्का भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चन्पुरका ४१ वपिर्षया पुरुष रहेका छन । यी दुवैजना क्वारेन्टाइनमै रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *