वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडानमा रोक, ‘लकडाउन’मा थप कडाई गरिदै

news-details

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले पूर्ववत निर्णय अनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

लकडाउनमा थप कडाई गरिदै

समितिको आज बसेको बैठकले सरकारलाई १४ दिन लकडाउनको समयावधी थप गर्न शिफारिस गर्दै लकडाउन झन् कडा पार्ने गरी विभिन्न निर्णय पनि गरेको छ । जस अनुसार लकडाउनको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने र मुलुकबाहिरबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने निर्णय भएको समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए ।

समितिको आजको बैठकले चीनबाट आएका पाँचथान प्रोटेबल पिसिआर मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक थान पठाउने, भारतबाट धपाइएर दशगजामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशको अनुमति दिने र उनीहरु १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ ।

यस्तै विदेशमा रहेका नेपाली विध्यार्थीलाई जुन मुलुकमा रहेको हो त्यही बस्न अनुरोध गर्दै समितिले पैसा आवश्यक भए आफन्तहरुले राष्ट्र बैंकको समन्वयमा पठाउनसक्ने व्यवस्था गरिने निर्णय पनि भएको सदस्यसचिव विडारीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *