नेपालमा कोरोनाको पाचौ बिरामी भेटिए, बेल्जियमबाट फर्किएकी युवतीमा संक्रमण पुष्टि

news-details

बेल्जियमबाट नेपाल फकेर्की बाग्लुङकी १९ वर्षिया युवतिमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले गत चैत्र ४ गते दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका हुन ।

यसअघि सोही विमानमा फ्रान्सबाट आएकी १९ वर्षिया युवतिमा कोरनाको संक्रमण पुष्टि भएकोमा हाल उनको काठमाडौको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल सेन्टरमा उपचार भैरहेको छ ।

फ्रान्सबाट फकिएकी युवतीमा कोरोना संक्रमण देखिए लगत्तै उक्त विमानमा सवार यात्रुहरुलाई सम्पर्कमा आउन अनुरोध गरिएपछि बाग्लुङकी यी युवती सम्पर्कमा आएकी थिइन । यस लगत्तै बाग्लुङको धौलागिरी अस्पतालमा उनको नमुना संकलन गरिएकोमा उनको कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको हो ।

अस्पतालमा परिक्षण पछि घरमै बसीरहेकी ती युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।

आलसम्म भेटिएका ५ संक्रमितमा एक जना निको भएर घर फर्किसकेका छन भने २ जना काठमाडौको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल सेन्टरमा र १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अपचार भैरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *