बुधबारबाट खाद्यान्न पसल दिनभर खोल्न पाइने

news-details

सरकारले बुधबारबाट खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने भएको छ । मंगलबारबाट देशभर लकडाउनको घोषणा गरेको सरकारले बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि बुधबारबाट खाद्यान्न पसल दिनभर खोल्न दिने भएको हो ।

लकडाउनको समयमा अत्यावश्यक सेवा बन्द नहुने बताइएपनि मंगलबार अधिकांश यस्ता पसलहरु बिहान र बेलुका मात्र सीमित समय खुलेका थिए । यसो हुदा सर्वसाधारणले समस्या भएको गुनासो गरेपछि सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायतका पसलहरू निर्वाद सञ्चालक गर्न पाइने व्यवस्था गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *