सीमामा अड्किएका नेपालीलाई सरकारले दियो अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

news-details

सरकारले सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई मंगलबार अन्तिम पटक नेपाल भित्रिन मौका दिएको छ । कोरोना भाइरसको संक्रमण भित्रन नदिन सरकारले चैत्र १० गतेदेखि सीमा नाकाबाट आवातजावतमा रोक लगाएकोमा भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कन सीमामा आइपुगेका नेपालीहरु अलपत्र परेपछि उनीहरुलाई अन्तिम पटक मंगलबारसम्म प्रवेश दिने निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आवागमनमा रोक लगाइएका पूर्व–पश्चिम सम्पूर्ण सीमा नाकाबाट एक पटकका लागि नेपाली भएको परिचय खुल्ने कागजपत्रको आधारमा नेपाल भित्रिन दिने निर्णय गरेको हो । तर यसरी नेपाल प्रवेश गर्ने नेपालीहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न प्रदेश सरकारलाई निर्देशन दिइएको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको समितिको बैठकले अत्यावश्यक औषधि, उपकरण र उपचारका सामग्री शीघ्र आपूर्तिको व्यवस्था गर्ने देखि विभिन्न प्रदेशमा अभिलम्ब परीक्षण ल्याव स्थापना गर्ने र त्यसको व्यवस्था नहुदासम्म विभिन्न क्षेत्रबाट संकलन गरिएका स्वाब द्रूत माध्यमबाट ल्याई केन्द्रीय प्रयोगशाला टेकूमा परीक्षण गरिनेसम्मका निर्णय गरेको संचारमन्त्री खतिवडाले बताए ।

यस्तै समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पु¥याउन कुनै निकाय वा संस्थाले बेग्लै कोष स्थापना नगर्न समेत आग्रह गरेको छ । यदि त्यस्तो कोष स्थापना गरिएको भए आफू मातहत संस्था वा व्यक्तिबाट मात्र जम्मा गर्न भनिएको छ । यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्नसमेत बैठकले निर्देशन दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *