मंगलबारबाट एकसाता नेपाल पूर्णरुपमा ‘लकडाउन’, घर बाहिर निस्कन र सवारी आवागमनमा रोक

news-details

सरकारले मंगलबारबाट नेपाललाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गर्दै सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले  चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ सम्म  एक साता सार्वसाधारणलाई औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाएको हो ।

अति आवश्यक सेवा बाहेक अन्य कार्यालयका कर्मचारीलाई पनि घरमै बस्न र आवश्यक्ता परे तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ ।

यस्तै सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।

हेर्नुहोस सरकारका निर्णयहरु

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *