नेपाल पनि ‘लकडाउन’, सोमबारदेखि भारत र चीनतर्फको सीमा नाकाबाट यात्रु आवागमन बन्द

news-details

सरकारले सोमबारदेखि भारत र चीनतर्फका सबै सीमा नाकाबाट एक सातासम्म यात्रु आवागमन रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १० गते विहान १० बजेबाट १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढन थालेपछि थप सजकता अपनाउन सरकारले यो निर्णय गरेको जनाएको छ । भारतमा रहेका ठुलो संख्याका नेपाली नेपाल फर्कन थालेपछि र सीमा नाकाबाट दुवै देशका नागरिकको आवतजावत बढन थालेपछि नेपालले यस अघिनै सीमा नाका बन्द गर्ने प्रस्ताव राखे पनि भारतले यसको जवाफ फर्काएको थिएन ।

सरकारले यात्रु आवागमन बन्द गरिएपनि सामानको आवातजावत भने थयावत रहने बताएको छ ।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने र १० गतेबाट देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन रोक गर्ने घोषणा गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *