कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो।
संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो ।
तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । पारिवारिक स्रोत लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो । राईको परिवार आइसोलेसनमा रहेको छ ।








