चैत ६ गते बिहिबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तिम समयमा आएर सरकारले स्थगित गरेको छ ।

बुधबार अपरान्ह बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न १५ वटा निर्णय गर्दा एसइई परीक्षा नसर्ने जानकारी गराइए पनि अहिले साझ परीक्षा स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।

चैत्र मसान्तसम्म सम्पूर्ण विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय भएकोमा एसईईको नयाँ परीक्षा मिति कहिले तय गर्ने भन्ने टुंगो लागेको छैन ।