प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा आज विहान १० बजेबाट सुरु गरिएको प्रम ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् । यद्यपी यसबारे केहि समयमा अस्पतालले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । प्रम ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।