युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुन : नियुक्त, आजै सपथग्रहण हुने

news-details

राष्ट्रपति विद्या देवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः नियुक्त गरेकी छिन । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गरे अनुसार राष्ट्रपति भण्डारीले उनलाई नियुक्त गरेकी हुन ।

यसअघि अर्थमन्त्री खतिवडाले राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार नै मन्त्री पदबाट राजिनामा दिएका थिए । संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था गरेको छ ।

संविधान अनुसार खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *