एनआरएन मलेसियाका अध्यक्ष भट्टराई सम्मानित

news-details

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराई सम्मानित भएका छन् । मलेसियामा रहेका नेपालीहरुको पक्षमा काम गरेको भन्दै मलेसियन लोकल नेपाली एसोशिएसनले एनआरएन अध्यक्ष भट्टराईलाई कदरपत्रसहित सम्मान गरेको हो ।

नेपाली श्रमिकहरुको उद्धार एवं सहयोगका लागि व्यक्तिगततर्फबाट ५० हजार रिंगिट करिब १३ लाख ५० हजार रुपैंयाको श्रमिक कल्याणकारी कोष स्थापना गरेको भन्दै अध्यक्ष भट्टराईलाई सम्मान गरेको जनाएको छ । यति धेरै व्यक्तिगत रकम जम्मा गर्ने मलेसियामा भट्टराई पहिलो हुन् ।

क्वालालाम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजित कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसनका अध्यक्ष तथा एनआरएनका पूर्व अध्यक्ष शंकरबहादुर पौडेलले भट्टराईलाई सम्मान गर्दै कदर पत्र प्रदान गरे ।

मलेसियामा रहेका श्रमिकको उद्धार तथा सहयोगका लागि स्थापित कोषबाट सहयोग प्रदान गरिदै आएको छ । कार्यक्रममा मलेसियन लोकल नेपाली एसोशिएसन र एनआरएनबीच नेपालीहरुको पक्षमा काम गर्न सहकार्य गर्ने सहमति भएको छ ।

स्थानीय नेपालीहरुको संस्थाले सम्मान गर्दा सामाजिक काम गर्न थप हौसला मिलेको एनआरएन अध्यक्ष भट्टराईले बताएका छन् । उनले रोजगार मञ्चलाई भने–‘भोलिका दिनमा एनआरएन र लोकल नेपालीहरुको संस्थावीच हातेमालो गरेर नेपालीहरुको पक्षमा काम गर्नेछौ ।’

मलेसियामा रहेका श्रमिकहरु समस्यामा परेका बेला उनीहरुको उद्धार एवम उपचार, मृत्यु भएका कामदारदाई नेपाल ल्याउनका लागि श्रमिक कल्याण्कारी कोषको रकम खर्चिने एनआरएनए मलेसियाले जनाएको छ ।

मलेसियामा नेपालीमुलका करिव २५ सय नेपालीहरु रहेका छन् । उनीहरु चौथोपुस्तादेखि मलेसियन नागरिकता लिएर मलेसियाको रावाङमा रहेका छन् । मलेसियामा उनीहरुले आफुबस्ने ठाउँलाई गोरखागाउँ नाम राखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *