५ दिनमै विश्वकिर्तिमानी सगरमाथा आरोहणका लागि ४ शेर्पा लागे आधारशिविरतिर

news-details

चारजना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने विश्वकिर्तिमानी  कायम राख्नका लागि सगरमाथा आधार शिविर गएका छन् । हिमाल आरोहण गर्न जानु अघि सोमबार काठमाडौमा नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले उनीहरुलाई बिदाई गरेको छ । उनीहरुलाई नेपाल भ्रमण बर्ष अंकित लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा फहराउनको लागि हस्तान्तरण गरीएको छ । उनीहरुले नेपालको मात्र हैन यो आरोहण विश्वकै रेकर्डमा सबै भन्दा छोटो समय अर्थात विन्टर स्पीड क्लाइम्विङ हुने जानकारी गराएका छन् ।

चारजना शेर्पाहरुको यो आरोहणलाई अन्य हिमाल आरोहिलेसमेत चासोका साथ हेरेका छन् । संखुवासभा मकालु गाउँपालिकाका उनीहरु चारैजना प्रख्यात आरोहिहरु हुन् । नेपाल भ्रमण बर्षलाई लक्षित गर्दे विश्वका आरोहिहरुको ध्यान नेपालतिर खिच्न यस आरोहणले मद्धत गर्ने आरोही टिमका संयोजक टासीलाक्पा शेर्पाको भनाई छ ।

विन्टर सिजन अर्थात हिउँद सिजन हिमाल आरोहणको लागि अफ सिजनको रुपमा लिईन्छ । यो सिजनमा हिमाल आरोहण कठिन हुन्छ । तर, पनि यी चारैजना आरोहिहरुले ज्यानको बाजि राखेर विश्वमा नेपालको नाम लेखाउने साहस गरेका छन् । आठ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका प्रख्यात आरोहि तथा पर्यटन ब्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको आरोहिहरुको टोली आजै सगरमाथा तर्फ लागेको छ ।

विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोह) हुने गरेको छ । सन १९८० मा र सन १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोह) गरेको पाईन्छ । अत्यन्तै लामो समय अर्थात झण्डै दुई महिना लगाएर उनीहरुले क्लाईविङ (आरोह) गरेका थिए । नेपाली चारजनाको टोलीले भने पाँचदिनमै सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान राख्ने संकल्प गरेका छन् । हिउँदमा अत्याधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै कठिन हुन्छ । त्यसैले हिउँदमा त्यति आरोहण गरीदैन ।

हिमाल आरोहणका टिम लिडर टासिलाक्पा शेर्पाको भने हिउँदको समयमा अफ सिजनमा समेत बिना अक्सीजन सगरमाथाको आरोहण गरेर अर्को नयाँ विश्व कीर्तिमान कायम गर्ने ध्याउन्न छ । उनीहरुले फेबु्रवरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने लक्ष्य बनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *