सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

news-details

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विवादमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले आफ्नो पदबाट राजिनामा दिएका हुन ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधीसभा वैठक अवरुद्ध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन ।

सभामुख सापकोटाले यस घटनामा सरकारको ध्यानाकर्षण भएको र मन्त्री बास्कोटाको राजिनामा पनि आइसकेकाले सदन सुचारु गराउन सहयोगका लागि कांग्रेसलाई आग्रह गरेका थिए ।

यसअघि आजै बसेको राष्ट्रियसभा वैठकपनि प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण १५ गतेसम्मका लागि स्थगित भएको थियो भने विभिन्न राजनैतिक दलले विज्ञप्ती नै निकालेर मन्त्री बास्कोटाको राजिनामा र उचित छानविन गरी उनलाई कारवाही गर्नुपर्ने माग राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *