कोरोना भाइरसबाट विरामी र बृद्धबृद्धासहित दुई हजारबढिको मृत्यु

news-details

चीनमा फैलिएको कोरोना भाइरसबाट पहिल्यै विरामी रहेका तथा बृद्धबृद्धाबढि प्रभावित भएको पाइएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको सख्या अहिलेसम्म दुई हजार नाघेको छ ।

कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउने दुई हजार पाँच जना पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेहरु फेरि बढेपछि विश्व बजार नै तरङ्गीत बनेको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार नाघेको जनाइएको छ । यसैबीच चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार संक्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै पहिल्यै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । भाइरसको धेरैजसो पीडितमा हलुका खालको संक्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *