शेर्पा र सगरमाथा राष्ट्रिय गौरव हुन : पूर्वप्रधानमन्त्री देउवा

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका शेर्पाहरुको आफ्नो छुट्टै पहिचान भएको बताउनु भएको छ । ग्याल्पो ल्होसार २१४६ को अवसरमा नेपाल लोकतान्त्रिक शेर्पा संघले काठमाडौको बौद्धमा गरेको कार्यक्रममा उहाँले सगरमाथ र शेर्पा जाती नेपाल र नेपालीकै परिचय भएको बताउनुभयो ।

उहाँले अल्लगै पहिचान, भेषभुषा रहनसहन भएका शेर्पा जाती हतोत्साहित नभई उत्साहकासाथ अगाडि बढ्नु पर्ने बताउनुभयो । हिमाल आरोहण गर्ने र हिमालको काँखमा बस्ने शेर्पा जातीको संस्कृतिबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली धेरै बोल्ने तर, कामको नाममा सिन्को नभाच्ने भएको बताउनुभयो । सरकारले गरेका कामको बारेमा जनताले मूल्याङकन गरेको भन्दै त्यसको परिणाम निर्वाचनमा देखिने पनि बताउनुभयो । सभापति देउवाले शेर्पा जातीको पहिचान, उत्थान र संरक्षणमा योगदान गरेको भन्दै सांसद जिपछिरीङ लामा, आङछिरीङ शेर्पा, कर्माछिरीङ शेर्पालाई सम्मान गर्नुभयो ।

प्रदेशसभा सदस्य निमा लामाले आदिवासी जनजातीको पर्वलाई राष्ट्रिय मान्यता दिन आग्रह गर्नुभयो । शेर्पा जातीका संरक्षण गर्नको लागि आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाई थियो । नेपाल लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय अध्यक्ष लाक्पा ढिन्ले शेर्पाले ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिन सरकारसंग माग गर्नुभयो ।

कार्यक्रममा शेर्पा संघका केन्द्रीय सदस्य सञ्जय शेर्पा, पसि शेर्पालगायत शेर्पा समुदायको बिभिन्न संघ, संस्थामा आवद्ध शेर्पाहरुको सहभागिता थियो । सो अवसरमा शेर्पा जातीको पहिचान झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरीएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *