बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि आज सोमबार नै जेलमुक्त भएका छन ।

जिल्ला अदालत काठमाडौका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला सुनाएको हो । अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।