वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त, शपथग्रहण आजै हुदै

news-details

वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन । मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आजै अपरान्ह ४ बजे शपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *