पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार झुण्डिएको अवस्थामा मृत भेटिए

news-details

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ भने उनीसँगै घरमा काम गर्ने कामदार विजय चौधरी मृत भेटिएका छन ।

घटनामा गम्भिर घाइते भएकी श्रीमती कार्कीलाई स्टार अस्पताल पु¥याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कार्कीको सानेपास्थित निवासमा सोमबार बिहान रगतले लत्पतिएर अचेत रहेको अवस्थामा श्रीमती मुना कार्की र डोरीमा झुण्डिएको अवस्थामा कामदार चौधरी भेटिएको प्रहरीले जनाएको छ । चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विहान मर्निङ वाक र मन्दिर दर्शन गर्न निस्किएका सचिव कार्की घर फर्कदा उक्त अवस्थामा दुवै जनालाई भेट्टाएका थिए ।

प्रहरीको टोली र फरेन्सिक विज्ञको टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । । घटना कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *