नेपाली काँग्रेस समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमिति चयनका लागि सर्वसम्मत नेतृत्व छान्न नेपाली काँग्रेसका नेताहरुले आग्रह गरेका छन् ।

लोकतान्त्रिक फोरमको १० औं  साधारणसभाको शुक्रवार राजधानीमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्विरोध नेतृत्व चयन गर्न आग्रह गरे । कार्यक्रमलार्य संबोधन गर्दै सभापति देउवाले भने–‘ सकेसम्म निर्विरोध गर्नुहोला नभएपनि लोकतान्त्रिक पद्धतिमा निष्पक्ष र स्वच्छ निर्वाचनमा जस्ले जिते पनि पार्टीले स्वीकार गर्नेछ ।’

लोकतान्त्रिक फोरममा निर्विरोध नेतृत्व छान्न काँग्रेस नेताको आग्रह, तर चुनाव हुँदै

सभापति देउवाले विदेशमा धेरै नेपालीहरुलाई रोजगार प्रदान गरेर वैदेशिक रोजगार व्यवसायीहरुले उपकार गरेको बताए । उनले भने–‘स्वदेशमा रोजगार नपाउञ्जेल धेरैभन्दा धेरै नेपालीहरुलाई राम्रो काम र राम्रो ठाउँमा मात्र पठाउन आग्रह गर्दछु ।’

वैदेशिक रोजगारले देशको अर्थतन्त्र मात्र नभएर नेपालीहरुको जीवनस्तरमा पनि विकास भएको देउवाको भनाई थियो ।

लोकतान्त्रिक फोरममा निर्विरोध नेतृत्व छान्न काँग्रेस नेताको आग्रह, तर चुनाव हुँदै

साधारणसभामा पूर्व श्रममन्त्री तथा काँग्रेसकका नेता रमेश लेखकले लोकतान्त्रिक फोरमको सकेसम्म निर्विरोध नयाँ नेतृत्व चयन गर्न आग्रह गरे । उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सबै पदमा आफ्ना उम्मेदवार जिताएर फोरमले ऐतिहाँसिक सफलता पाएको बताए ।

नेपाली काँग्रेसका केन्द्रिय नेता सुरेन्द्र पाण्डे र बालकृष्ण खाँडले पनि लोकतान्त्रिक फोरमको नयाँ नेतृत्व सर्वसम्मत बनाउन आग्रह गरे । उनीहरुले एकता नहुँदा काँग्रेसले धेरै ठाउँमा पराजय भोगेको हुँदा सकेसम्म निर्विरोध चयन गर्न जरुरी छ ।

फोरमका पूर्व अध्यक्ष किरण किशोर घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकाल, संघका अध्यक्ष विष्णु गैरे लगायतका बक्ताले वैदेशिक रोजगार व्यवसायका वर्तमान चुनौतिहरुलाई अव चुनिने नयाँ नेतृत्वले चिर्न सकोस् भन्दै शुभकामना दिए ।

लोकतान्त्रिक फोरममा निर्विरोध नेतृत्व छान्न काँग्रेस नेताको आग्रह, तर चुनाव हुँदै

फोरमका कार्याबाहक अध्यक्ष सुजित श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभामा फोरमका नयाँ सदस्य, संघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
अध्यक्षमा ४ प्रतिष्पर्धी चुनाव लड्दै
लोकतान्त्रिक फोरममा निर्विरोध नेतृत्व छान्न काँग्रेस नेताको आग्रह, तर चुनाव हुँदै

साधारणसभामा नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दासमेत फोरममा चुनाव हुँदैछ । अध्यक्ष पदका लागि ४ जनाको प्रतिपष्र्धा भएको छ ।फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष नरेन्द्र प्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिं गुरुङ, फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, फोरमकी सल्लाहकार सिता देवाकोटा अन्तत चुनावमा होमिएका छन् ।

अहिले मतदान भइरहेको छ । फोरमको सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्य पदमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्र मणी पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका छन् ।