पर्यटन बोर्डले पायो नयाँ नेतृत्व, सिइओमा धनन्जय रेग्मी नियुक्त

news-details

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । म‌गलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्‍मीलाई सिइओमा नियुक्ति गरेको हो ।

यसअघि सिइओका लागि बोर्डले ३ जनाको नाम शिफारिस गरी पठाएको थियो । संचालक समितिमा पठाइएको उक्त सूचीमा डा. धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम रहेकोमा जसमध्ये रेग्मीलाई नियुक्ति गरिएको हो ।

निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

रेग्मी नेपालको हिमाली भू-वैज्ञानिक र हिमनदी विज्ञका रुपमा चिनिन्छन् । उनको कार्यकाल चार वर्षको रहने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *