प्रतिनिधिसभा सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

news-details

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखमा नेकपाका तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी रहेको थियो ।

आइतबार बसेको संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

यसपछि संसद बैठकको अध्यक्षता गरिरहेको संसदका जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरेका थिए ।

यसअघिका सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेपछि ४ महिनादेखि सभामुखको पद रिक्त रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *