सभामुख चयनका लागि आज निर्वाचन हुदै, सापकोटाविरुद्ध परेको रिटको सुनुवाई स्थगित

news-details

प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँने भएको छ । । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको संसद सचिवालयले जानकारी दिएको छ ।

सभामुखमा नेकपाका तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी रहेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित छ । यसअघिका सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेपछि ४ महिनादेखि सभामुखको पद रिक्त रहेको थियो ।

यसैबीच सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजै हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएकोमा उनले मुद्धा हेर्न नमिल्ने भएपछि यसको सुनुवाई सरेको हो ।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटाविरुद्ध हत्या मुद्धामा छानविन हुनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *