प्रदेशसभा सांसद दीपक मनाङे लेकसाइडको होटलबाट पक्राउ

news-details

गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।

‘मनाङे’लाई पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट अपरान्ह प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेको हो । गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।

गत मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन अघि एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका थिए । मनाङबाट आएका खेलाडीको व्यवस्थापन नगरेको भन्दै उनले हानेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *