अध्यक्ष अन्सारीको पहलपछि सरकारले मुस्लिम समुदायको सम्मेलन तोकिएकै मितिमा गर्न दिने भयो

news-details

मुस्लिम समुदायको धार्मिक अन्तर्राष्ट्रिय इस्लामी प्रवचन सप्तरीमा हुने भएको छ । मुस्लिम समुदाय भित्र अत्यन्त महत्वपूर्ण मानिने इस्लामी प्रवचन (इज्तिमा सम्मेलन ) यहि फागुन ३,४ र ५ गते तीन दिन गर्ने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले जानकारी दिनुभयो ।

सुरक्षालाई कारण देखाउदै जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सम्मेलन नर्गन आदेश दिएको थियो ।  तर, मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीको पहल पछि उक्त कार्यक्रम तोकीएकै मितिमा हुने भएको छ । आयोगका अध्यक्ष अन्सारीले सम्मेलन गर्ने दायित्व आयोगको भएको र बर्षेनी इज्तिमा सम्मेलन हुने जानकारी गृह मन्त्रालयलाई गराएपछि मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्रलेखि सम्मेलनको प्रत्यक्ष जिम्मेवारी, निगरानी, सुपरिवेक्षण, समन्वय र ब्यवस्थापन मुस्लिम आयोगको हुने गरी सुरक्षा व्यवस्था मिलाउन सप्तरी प्रशासनलाई जानकारी गराएको छ ।

इज्तिमा सम्मेलन यसअघि काठमाडौ, धरान, दुहवी, भोक्राहा, इटहरी, नेपालगञ्ज, छाातावेशी, जितपुर, राजविराज, गोरखालगायत स्थानमा भईसकेको छ । यस बर्ष भने सप्तरीका जाँजरमा हुने भएको हो । 

सम्मेलनमा भारतका धर्मगुरु हजरत मामैलान सादसाहवलगायत आउने कार्यतालिका छ । त्यसैगरी भारतका छिमेकी बस्तीका मुस्लिम समुदायसहित झण्डै ५० हजारको सहभागिता रहने छ । यस अघि प्रशासनले सम्मेलन रोक्न दिएको आदेशप्रति मुस्लिम समुदायले बिरोध गरेका थिए । सम्मेलन पुनः तोकीएकै मितिमा हुने भएपछि मुस्लिम समुदायले खुशि व्यक्त गरेकाछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *