प्रदेश १ को मन्त्रिपरिषद विस्तार, चार जना राज्यमन्त्री थपिए

news-details

प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  चार जना राज्यमन्त्री थप गरेका हुन्। जसमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन्।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *