अन्नपूर्ण आधार शिविरमा हराएका ३ नेपालीसहित ४ कोरियाली पर्यटक अझै सम्पर्कविहीन

news-details

अन्नपूर्ण आधार शिविर ९एबीसी० पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा ९तामाङ०, छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।

त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल ९टान० पोखराका सचिव जीवनराम सापकोटाले बताए ।

कोरियाली पर्यटकहरु काठमाण्डौको ुट्रिप नेपाल माउन्टेन गाइडु नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए ।
बाक्लो हिउँको कारण उद्धारमा समस्या भएको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । पोखराबाट प्रहरी, गाइडहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको हो ।

छोम्रोङ्गमा झरेकाहरु केहीलाई हेलिकोप्टरबाट शनिबार नै पोखरा ल्याइएको छ । शनिबार पोखरामा नेपालसहित सात देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टरमार्फत ल्याइएको छ भने अन्य झण्डै डेढ सयलाई हेलिकोप्टरमार्फत नजिकैको सुरक्षित ठाउँमा अवतरण गराइएको जनाइएको छ ।

कोरियाली २७, चिनियाँ १६, नेपालका १०, डेनमार्कका २, सिङ्गापुरका ५, अस्ट्रेलियाका १, भारतका २ र ट्युनेसियाका १ जनालाई विभिन्न हेलिकोप्टरमार्फत पोखरा ल्याइएको टानले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *