‘गिरिजाप्रसाद कोइराला फाउन्डेशन’ले २१ विद्यार्थीलाई पठायो चिन अध्ययन भ्रमणमा

news-details

विगत १० वर्षदेखि सामाजिक कार्यमा लाग्दै आएको गिरिजाप्रसाद फाउन्डेशनले विभिन्न प्रदेशका प्रतिनिधित्व हुने गरि २१ विद्यार्थीलाई १ महिने अध्ययन भ्रमणको लागि चिनको किङगाई प्रान्तमा रहेको किङगाई विश्वविद्यालय लगेको छ ।

२५ डिसेम्बरका दिन युवा तथा खेलकुद राष्ट्रिय संयोजक गुणराज प्याकुरेलको नेतृत्वमा गएको सो टोलीमा गिरिजाप्रसाद कोईराला फाउन्डेसनका शिक्षा विभाग डाइरेक्टर छिरिङ्ग सेन्डुप लामा, तृसा श्रेष्ठ, आस्ता पौडेल, समिन अन्सारी, सुस्मिता के.सी, सन्जिना मल्ल, अलिजा गुरुङ्ग, रुविना कार्की, दिपा गुरुङ्ग, अमिर कार्की, नितेस कुमार कर्ण, जेनिसा अधिकारी, मौनता अधिकारी, अंकी लामा, सुसान्त पोख्रेल, आशिस दुलाल, आशा तामाङ्ग, करुणा कटुवाल, सुदिपा दवाडी, सतिष महर्जन, निशा दलामी, कल्पना चेम्जोङ्ग सहभागि छन् ।

सो अध्ययन भ्रमणमा सहभागि विद्यार्थीहरु जनवरी १९ मा स्वदेश फर्कने जानकारी संस्थाका युवा तथा खेलकुद संयोजक गुणराज प्याकुरेलले दिए ।

सो टोलीलाई फाउन्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक समारोहकाबीच डिसेम्बर २२ मा विदाई गरेकी थिईन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *