प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हैटौंडा घोषणा गरियो

news-details

प्रदेश ३ को प्रदेशसभाले नाम बागमती  र स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको छ । आइतबार भएको मतदानमा प्रदेश ३ को दुई तिहाई बहुमतले नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको हो ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि पहिलो चरणमा राजधानीको लागि भएको मतदानमा पक्षमा १०५ र विपक्षमा ३ मत परेको थियो । सभामा १०८ प्रदेश सदस्य सहभागी थिए ।

यसलगत्तै नामका लागि भएको मतदानमा बाग्मतीको पक्षमा ११० मत परेको थियो भने विपक्षिमा कुनै मत परेन ।

नाम र राजधानी दुई तिहाई बहुमतले पारित भएपछि प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौडा भएको घोषणा गरेका थिए ।

प्रदेशसभा गठन भएको २ वर्षसम्म राजधानी र नाम तय गर्न नसकेको प्रदेश ३ मा विशेषगरी राजधानीको विषयमा हेटौडा या बनेपा भन्नेमा विवाद थियो । ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *