एक लाख ३६ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी, सबैभन्दा बढी प्रदेश ३ बाट

news-details

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका हुन् । प्रदेश १ बाट २१ हजार ३२१, प्रदेश २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत भएका छन् ।

यस्तै शुक्रबारसम्म १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । सबैभन्दा बढी प्रदेश ३ बाट ८ हजार १९, प्रदेश १ बाट एक हजार ८६०, प्रदेश ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश नं २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

सुचिकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा ४१ करोड ९४ लाख १६ हजार रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेको कोषले जनाएको छ ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *