जनकपुरमा टिपर आतंक, उत्खनन्‌को विरोध गर्न गएका युवालाई किचेर मारिएको स्थानियको आरोप

news-details

धमेन्द्र झा/ धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन् भएको भन्दै आवाज उठाउने युवाको टिपरले किचेर मृत्यु भएको छ ।

शुक्रबार बिहान ४ बजे मर्निङ वाकमा निस्किएका स्थानीय २४ बर्षका यु्वा दिलिपकुमार महतोको टिपरले किचेर हत्या गरिएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले टिपरले किचेर स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको बताउनुभयो । उहाँको हत्या भएको हो वा दुर्घटनाबाट मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न मृतक सक्रिय रहँदै आएका थिए । उत्खननको विरोध गर्ने युवकलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घट्नाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको ढल्केबरका स्थानीयहरुले एक घन्टा सडक अवरोध समेत गरेका थिए । अहिले यातायात सुचारु भैसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *