सिड्नीबाट नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गरियो, र्‍यालीमाथि भने प्रहरीको हस्तक्षेप

news-details

नेपाल भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिडनीबाट गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोह अघि पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा निकालिएको र्‍यालीलाई भने सिड्नी प्रहरीले रोकेको थियो । मन्त्री भट्टराईसहित अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहितले नेतृत्व गरेको र्‍याली ओपेरा हाउसतर्फ अघि बढदै गर्दा प्रहरीले रोकेको हो ।

नेपाली समुदायले गरेको उक्त कार्यक्रम प्रचारप्रसारमूखि भएको र अष्ट्रेलियाको अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले र्‍यालीमा रोक लगाइएको सिडनी काउन्सिलले जनाएको छ ।

साथै सहभागीहरुको संख्या धेरै रहेकाले पनि र्‍याली रोक्नुपरेको काउन्सिलको भनाई छ । तथापी आयोजकको अनुरोध पछि थोरै थोरैको संख्यामा व्यानर तथा प्लेकार्ड नबोकि कार्यक्रमस्थलतर्फ सहभागीहरुलाई जान अनुमति दिइएको थियो ।

https://www.southasia.com.au/2020/01/07/sydney-city-security-officers-stop-visit-nepal-rally-led-by-minister-yogesh-bhattarai/?fbclid=IwAR10s4EOxBL0REYXETs2cCA8b490Y4fIj9EzZwjkq5B8Q8O_4OTy_xcclXI

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *