एक-एक हजार जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ नागरिक

news-details

गत ७ पुसमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालयले एक एक हजार जरिवाना तिराएर थुनामुक्त गर्न आदेश दिएको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना तिरेर थुनामुक्त गर्ने फैसला भएको जानकारी दिएका छन ।

एक हजार रूपैयाँ जरिवाना तिरेर थुनामुत्त, भएका ती चिनियाँलाई प्रहरीले अध्यागमन विभागमा बुझाउने तयारी गरेको बुझिएको छ ।

नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले यी चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *