विमानस्थलबाट सुन र हिरासहित २ भारतीय पक्राउ, पछिल्लो ६ दिनमा मात्रै ५ किलो सुन बरामद

news-details
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि आधा किलो सुन र २ सय ग्राम हिरासहित २ भारतीय नागरिक पक्राउ परेका छन । विमानस्थलबाट पछिल्लो ६ दिनमा मात्रै ५ किलो सुन बरामद भैसकेको छ ।
युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट आधा किलो सुन समातेको प्रहरीले जनाएको छ । नौसादले क्याप्सुल बनाएर उक्त परिणामको सुन ल्याएका थिए ।
यस्तै मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट २०० ग्राम हिरा बरामत भएको पनि प्रहरीले जनाएको छ । भन्सार क्षेत्र कटिसकेका उनीमाथि शंका लागेपछि काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *