‘ब्रेन गेन सेन्टर’ले थाल्यो काम, गोरखा र गुल्मीबाट प्रारम्भिक चरणको परियोजना सुरु

news-details

विदेशमा विज्ञता हासिल गरेका जनशक्तिहरुलाई विदेश पलायन हुनबाट रोक्दै राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले स्थापित ‘ब्रेन गेन सेन्टर’ले आफ्नो काम काम सुरु गरेको छ । सेन्टरले प्रारम्भिक चरणको परियोजना अन्तर्गत गोरखा र गुल्मीमा काम सुरु गरेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयको सक्रियतामा गत बैशाखमा स्थापना भएको सेन्टरमा हालसम्म ६४६ जना विज्ञले नाम दर्ता गराएका छन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशस्थित नेपाली कुटनैतिक नियोग तथा गैरआवासीय नेपाली संघसँगको समन्वयमा विश्वभर छरिएर रहेका विज्ञहरुको डाटा संकलन गर्ने र तत्काल पाँच हजार विज्ञलाई ब्रेन गेन सेन्टरको सञ्जालमा आबद्ध गराएर अघि बढ्ने योजना रहेको बताएका छन ।

विश्वभर छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने भन्दै मन्त्री ज्ञवालीले यस अभियानलाई प्रभावकारी बनाउन सरकार पनि सँगसँगै हिडने बताएका छन ।

सेन्टरका नीति तथा योजना महाशाखाका प्रमुख कुमारराज खरेलले अमेरिकामा कार्यरत विज्ञ समूहले गोरखा र गुल्मीमा प्रारम्भिक चरणको परियोजना सुरु गरेको जानकारी दिदै चितवन र गण्डकीको थप दुई जिल्लामा पनि काम सुरु गर्ने तयारी भइरहेको बताए ।

कृषि, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासँग जोडिएर काम थालनी भएको अमेरिकाका विज्ञ डा सतिश देवकोटाले बताए । उनले सिकागोमा छलफलले तयार पारेको दिशानिर्देशअनुसार विज्ञ परिचालन गरिएको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *