देशभरका गुरुङ समुदायले मंगलबार ‘तमु ल्होसार’ मनाउदै

news-details

गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गर नयाँ वर्षलाई स्वागत गर्दै आज मङ्गलबार ‘तमु ल्होसार’ धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आज विशेष कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारको दुई दिन अघिदेखि नै गुरुङ समुदायका महिलाहरु शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त थिए ।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । गुरुङहरूले यस वर्ष च्यु ल्हो ९मुसा वर्ग० मनाउने भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो ।

यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदाय असन्तुष्ट छन् । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइका छन् ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *