‘पण्डित वेणी माधव पौड्याल प्रतिष्ठान’द्धारा गुल्मीको भुर्तुङ्ग गाउँलाई एम्बुलेन्स प्रदान

news-details

पण्डित वेणी माधव पौड्याल प्रतिष्ठान, गुल्मीले जिल्लाको कालिगण्डकी गाउँपालीका–७, भुर्तुङ्गलाई एक थान एम्बुलेन्स प्रदान गरेको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य गगन कुमार थापाले कालिगण्डकी गाउँपालीका–७, भुर्तुङ्गका वडा अध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको साचो हस्तान्तरण गरेका हुन । सो अवसरमा प्रतिस्ठानका सरक्षक पबित्रा पौडेल र अध्यक्ष गोकर्ण पौडेलको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वमन्त्री थापाले नागरिकको स्वास्थ्य र शिक्षा पूर्णरुपमा सरकारको जिम्मेवारी भित्र पर्नुपर्नेमा जोड दिदै त्यो अवस्थामा नबन्दासम्म यस्ता सहयोग ग्रामिण भेगका नागरिकका लागि अति महत्वपूर्ण हुने बताए । उनले एम्बुलेन्स सेवालाई सकेसम्म न्यूनतम शुल्कमा संचालन गर्नसमेत सुझाव दिएका छन ।

कालिगण्डकी गाउँपालीका–७, भुर्तुङ्गका वडा अध्यक्ष लोकप्रताप शाहले प्रतिष्ठानले यसअघि पनि उक्त वडाको विद्यालयमा अक्षयकोष स्थापना गरी शिक्षा क्षेत्रमा सहयोग पु¥याएको चर्चा गर्दै अहिले स्वास्थ्य सेवाको सहजताका लागि एम्बुलेन्स प्रदान गरेकोमा यसको प्रभावकारी संचालनमा आफु प्रतिवद्ध रहेको बताए ।

गुल्मी कांग्रेसका पुराना नेता तथा समाजसेवी स्वर्गिय पण्डित वेणी माधव पौड्यालको स्मृतिमा स्थापित प्रतिष्ठानले जिल्लामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउदै आएको छ । स्व. पौड्यालका सुपुत्र तथा वैदेशिक रोजगार व्यवसाय लगायत विभिन्न व्यवसायको क्षेत्रमा संलग्न कृष्ण पौडेलको पहलमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा भुर्तुङ्गका पुराना कांग्रेस नेताहरुका साथै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे, प्रथम उपाध्यक्ष कमल तामाङ, महासचिव सुजित श्रेष्ठ, संघका पूर्व अध्यक्ष विमल ढकाल, पूर्व प्रथम उपाध्यक्ष प्रज्ञान न्यौपानेलगायत वैदेशिक रोजगार व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *