नेपाल शेर्पा संघको अध्यक्षमा गेल्जे, वरिष्ठ उपाध्यक्षमा ङवाङ

news-details

नेपाल शेर्पा संघको छौटौ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । आइतबार सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा गेल्जेको अध्यक्षतामा ३५ जनाको नयाँ कार्य समिति चयन भएको हो ।

नेतृत्वका लागि ङवाङ सोनाम शेर्पाले दावी गरेका भएपनि सहमतिमा वरिष्ठ उपाध्यक्षमा बस्न उनी राजी भएपछि निर्वाचन प्रकृयामा गएन । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ङवाङ सोनाम, द्धितिय उपाध्यक्षमा साङगे लामा र महासचिवमा लाक्पा शेर्पा चयन भएका छन् । अधिवेशनबाटै उपमहासचिव १, ८ उपाध्यक्ष र ४ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष गरी बाँकी सदस्य चयन गरेको छ ।

अध्यक्षमा निर्वाचित गेल्जे शेर्पाले संघको उचाई आगामी आफ्नो कार्यकालमा थप उचाईमा पु¥याउने र शेर्पा समुदायको मनोवल बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

संघिय राज्यको अभ्याससँगै शेर्पा संघले समेत स्थानीयतह, जिल्ला, प्रदेश र केन्द्रमा समिति विस्तार गरी देशभरका शेर्पाहरु एकिकृत भएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *