सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो

news-details

दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस आइतबार विहान ८ः१५ बजे सिन्धुपाल्चोकमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै बस दुर्घटनामा परेको थियो । बा २ ख ४४६८ बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लामोसाँघुका सई राजेश दाहालले जानकारी दिए ।

दुर्घटनामा परेर अन्य १७ यात्रु घाइते भएका छन । घाइतेहरुको सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि धुलिखेल तथा काठमाडौ लगिएको छ । बिहान ५ बजे सो गाडी चरिकोटबाट हिडेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *