साताब्यापी आप्रवासी कामदार दिवस शुरु, काठमाडौंमा प्रभातफेरि नहुने

news-details
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस (इन्टरनेशनल माइग्रेन्टस् डे) २०१९ नेपालमा साताव्यापी कार्यक्रम गर्दै शुरु भएको छ । ‘सीप र रोजगार : आर्थिक संमृद्धिको आधार’ राष्ट्रिय नाराका साथ प्रत्येक १८ डिसेम्बरमा पर्ने दिवसलाई साताब्यापी कार्यक्रम गरेर मनाइने भएको हो ।

स्वदेश वा वैदेशिक रोजगारमा जानका लागि सीप सिक्न प्रेरित गर्दै सुरक्षित वैदेशिक रोजगारका लागि जनचेतना फैलाउनका लागि यो दिवस मनाइने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको संयोजकत्वमा सरोकारवाला निकायसहितको आप्रवासी कामदार दिवस मुल सामारोह समिति नै गठन भएर कार्यक्रम विविध कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ ।

आप्रवासी कामदार दिवसमा आप्रवासी कामदारका विषयमा ठोस कार्यक्रम गरी दिवसका लागि मात्र नभएर परिणाम आउने गरी मनाउन सबैलाई सचिव विनोद केसीले आग्रह गरेका छन् । उनले भने–‘दिवसका लागि दिवस मात्र होइन रिजल्ट निस्कने गरी कार्यक्रम गर्नुपर्छ ।’
डिसेम्बर १२ देखि नै स्थानीय तह, राजधानी तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर दिवस मनाइदैछ । सुरक्षित वैदेशिक रोजगार प्रवद्र्धन गर्न राष्ट्रिय नारासहित दिवस मनाइरहेको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरोकारवाला निकायहरुसँगको सहकार्यमा मनाइने दिवसमा एक वर्षको समिक्षा र भोलि गर्ने कामका बारेमा ब्यापक छलफल हुनेछन् । यस वर्ष १८ डिसेम्बरमा प्रभातफेरी कार्यक्रम राखिएको छैन । ‘काठमाडौंमा प्रभातफेरि कार्यक्रम राखेर ट्राफिक जाम गर्नुभन्दा स्थानीय तहमा कार्यक्रम गर्न लागिएको छ ।’ वोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् ।

वैदेशिक रोजगार बाध्यता बनिरहँदा यसलाई सरक्षित र व्यवस्थित बनाउनुको विकल्प छैन । त्यसैले यस बर्षको आप्रवासी कामदार दिवस स्वदेश तथा विदेशमा भब्यताका साथ मनाउन मुलसमारोह समितिको अनुरोध छ ।
यस्ता दिवस लक्षित समूहका लागि केन्द्रित बन्नु पर्छ । दिवस मनाउनका लागि मात्र नभएर यस्ता दिवसबाट प्रतिफल निकाल्न सक्नु नै आजको आवश्यकता हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *