बैंकिङ प्रणाली ह्याक गर्दै रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ

news-details

प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

महाशाखाले पक्राउ परेकाहरूबारे आधिकारिक जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ । पक्राउसँगै ह्याकरको समूहबाट बैंकको लाखौं रुपैयाँ जोगिएको प्रहरीको दाबी छ ।

केही समयअघि विभिन्न बैंकको प्रणाली ह्याक गरी लाखौं रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न चिनियाँसहित दर्जनभन्दा बढी पक्राउ परेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *