सडकको काम गर्दागर्दै पोखरामा ५ मजदुरको पुरिएर मृत्यु, २ जना भाग्न सफल
- आइतवार, १५ मंसिर, २०७६
- 0

पोखरामा सडकको काम गरिरहेका ५ मजदुरको पुरिएर मृत्यु भएको छ ।
पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका थिए ।
दूई मजदुर भने भाग्न सफल भएका थिए । मृत्यृ हुनेमा जोग्न्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।
सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा ढिस्को खसेर मजदुर पुरिएका हुन् । ज्यान गुमाउनेमा सबै पाँचैजना सल्यानका भएको बताइएको छ ।