मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदै

news-details

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र २, प्रदेशसभाका तीन वटा र स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की २ बाट निर्वा्चित नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

तीन जना प्रदेशसभा सदस्यको पनि निधनपछि पद रिक्त भएको थियो । आयोगका अनुसार दाङको क्षेत्र ३ को (ख), बाग्लुङको क्षेत्र २ को (ख) र भक्तपुर क्षेत्र १ को (ख) मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आयोगले बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २३ गते नै मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तय गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

आयोगले कात्तिक ८ गते नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धााधलीरहित बनाउन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *