मुस्लिम आयोगले राष्ट्रपतिलाई बुझायो बार्षिक प्रतिवेदन

news-details

राष्ट्रपति बिद्यादेवी भण्डारीले मुस्लिम आयोगले आफ्नो समुदायको लागि सकरात्मक काम गरेको भन्दै थप काम गर्न आयोगलाई सुझाव दिनुभएको छ ।

मुस्लिम आयोगले आज राष्ट्रपति भवन शितल निवासमा बुझाएको प्रथम बार्षिक प्रतिवेदन बुझ्दै उहाँले समुदायको लागि शिक्षा, स्वास्थ्य र चेतनाको क्षेत्रमा काम गर्न पनि सुझाव दिनुभयो । संविधानको धारा २९४ अनुसार आयोगले आफ्नो प्रतिवदेन बार्षिक रुपमा राष्टपति समक्ष बुझाउनु पर्ने व्यवस्था छ । पाँच सदस्यीय आयोगमा अहिलेसम्म अध्यक्षबाहेक अरु नियुक्ति गरीएको छैन ।

आयोगका अध्यक्ष समिममियाँ अन्सारीले आयोगले छोटो समयमा मुस्लिम समुदायको लागि आयोगले गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । मुख्य गरेर शिक्षा, चेतना, लैंगिक हिंसा र बेरोजगार मुस्लिम युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न आयोगले गरेको कामको बारेमा अध्यक्ष अन्सारीले जानकारी गराउनु भएको थियो ।

उहाँले समानुपातिक समावेशीको आधारमा प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनु भएको थियो । आयोगले मुस्लिम युवाहरुको लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको र ग्रामीण क्षेत्रमा रहेका मुस्लिम समुदायको बारेमा आयोगले काम गरेको बताउनुभयो ।

त्यसैगरी आयोगको भावि रणनीति र कार्यदिशाको बारेमा पनि राष्ट्रपति भण्डारीले जिज्ञासा राख्नु भएको थियो । प्रतिवेदन बुझाउनको लागि आयोगका अध्यक्ष अन्सारी, सचिव शम्भुबहादुर खड्कालगायत राष्ट्रपति भवन पुग्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *