त्रिवि उपकुलपतिमा बाँस्कोटा र मेडिकल काउन्सिलको अध्यक्षमा कोइराला नियुक्त

news-details

त्रिभुवन विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका छन्।

सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन्। शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपति खोज्न सर्च समिति बनेको थियो।

सर्च समितिले एक नम्बरमा सिफारिस गरेका भगवान कोइरालालाई आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको छ ।
गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरिसकेका छन् ।

भदौ ६ गतेदेखि तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएको थियो। खनियाँलाई सुशील कोइराला प्रधानमन्त्री हुँदा उपकुलपति नियुक्त गरिएको थियो।

उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका लागि त्रिविको कार्यवाहक कुलपतिको जिम्मेवारी दिइएको थियो। बाँस्कोटा चार वर्ष नेपाल मेडिकल काउन्सिलको अध्यक्ष भएका थिए। काउन्सिलमा बाँस्कोटाको कार्यकाल गत जेठमा सकिएको थियो। काउन्सिलमा हुँदा उनले सुधारका कामहरू गरेका थिए। पूर्वधार नपुगेका मेडिकल कलेजको सिट घटाउन उनले भूमिका खेलेका थिए। संसदीय उपसमितिमा मेडिकल कलेजले लिएको बढी शुल्कलाई ठगीको संज्ञा दिँदै फिर्ता लिनु पर्ने बताएका थिए।

त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत रहेका बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *