आठ किलो सुनसहित विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका दुई जना चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको डिएसपी दिपक खड्काले जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्। राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४र४ किलो सुन बरामद गरिएको उनले बताए। अनुसन्धान जारी रहेकाले उनीहरुको बारेमा थप केही खुलाइएको छैन।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *